साग खेलकुदको समयमा पुराना गाडी नचलाउन ट्राफिक प्रहरीकाे अनुरोध

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) समयमा पुराना गाडी नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध नै जारी गरेको छ।

ट्राफिक प्रहरीले १५ गते विजोर र २४ गते जोर नम्बरप्लेटका सवारी साधनमात्र चलाउन अनुरोध गरेको छ।

त्यस्तै चक्रपथभित्र ठूला सवारी साधनहरु सञ्चाललन नगर्ने, दशरथ रंगशाला वरिपरिका सवारी मार्ग सकभर प्रयोग नगरी वैकल्पिक सडक प्रयोग गर्ने, मंसिर १४ गते उद्घाटन र मंसिर २४ गते समापनको दिन कमभन्दा कम चलाउन अनुरोध गरेको छ।

सवारी मार्गमा पुराना र अवस्था ठीक नभएको सवारी साधन नचलाउन, खेल हेर्न आउनेहरुले टुँडिखेलमा गाडी पार्किङ गर्न र हर्नलाई पूर्ण रुपमा निषेध गर्न पनि अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2019-11-28 14:25:20

प्रतिकृया दिनुहोस्