दशैंको मुखमा एकजना महिलालाई बलात्कार उद्योग गरेको अभियोगमा संसदका सभामुख कृष्णबहादुर महरा पक्रिदा पनि २१ जना मानिसको हत्या गरेको आरोपमा सर्वोच्च अदालतले नै पटक पटक पक्राउ गरेर अनुसन्धान गर्नु भनेका सांसद भने मज्जाले घुमफिर गरिरहेका थिए ।
फरक यति थियो, महरा सत्तारूढ पार्टीका थिए र सभामुख थिए, उनलाई बलात्कारको आरोप लागेको थियो । त्यो पनि आरोप लगाएकी महिलाले नै हैन भनेर इन्कारी बयान दिइसकेको अवस्था छ अहिले ।
यो पनि हेर्नुहोस्
प्रकाशमान सिंहको प्रश्न– नेकपाको नेता भएपछि जे मन लाग्यो त्यही गर्न पाउछ?
अर्का भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका बाहुबली सांसद थिए- मोहम्मद अफ्ताव आलम । पटकपटक मन्त्री भएका आलमविरूद्ध चुनावका लागि बम बनाउन लगाएका मानिस बम पड्केर घाइते भएपछि इटापोल्ने भट्टामा हालेर मारेको अभियोग लागेको छ । त्यो पनि एकजना हैन, २१ जना । १२ वर्ष भैसक्यो, तैपनि उनलाई कसैले छुन सकेको थिएन ।
तर, जब सभामुख महरा नै पक्राउ परे । त्यसपछि भने यसअघि आलमलाई भेटाउन नसकेको प्रहरीका लागि भेटाउनैपर्ने ठूलो दबाब सिर्जना भयो । त्यसपछि भने अलामलाई प्रहरीले उनको गृहजिल्ला रौतहटबाटै पक्राउ परेको छ ।
आलम पक्राउ परेपछि उनलाई छुटाउन स्थानीय कार्यकर्ता आन्दोलनमा त्रिसके पनि कांग्रेसको केन्द्रीय नेतृत्वको भने मुखमा बुझो लागेको छ ।
आलमको मुद्दाको स्थिति र उनको पृष्ठभूमि थाहा नभएका धेरैले यसलाई पूर्वाग्रही भएर सरकारले प्रमुख प्रतिपक्षी दलको सांसदलाई पक्रेको सोचेका छन् । केहीले त महरा प्रकरणलाई कांग्रसेसँग सौदाबाजी गर्ने बहानाका रूपमा आलमलाई पक्रेको पनि ठानेका छन् ।
एउटा रङको झण्डा बोक्ने नरेलाई काखा र अर्को रङको झण्डा बोक्ने नरेलाई पाखा नगरियोस् । जुनसुकै रङको झण्डा बोके पनि खराब नरेहरू कारबाहीको दायरामा आउन् ।
तर, यथार्थ त्यस्तो हैन । उनीबिरूद्ध लागेको संगीन आरोपको १२ वर्ष लामो इतिहास छ ।
२०६४ सालको पहिलो संविधानसभा चुनाव जित्नका लागि उनले भारतबाट १९ जना बम बनाउने मान्छे ल्याएर आफ्नै राजपुर फरहदवास्थित घरमा बम बनाउन लगाएका थिए । तर, बम विस्फोट हुँदा ती १९ जनासहित रौतहटका दुईजना गरी २१ जनामधये केही मरे भने केही घाइते भए । उनले घाइतेले कुरा बाहिर ल्याएर आफूलाई अप्ठ्यारो पार्छन् भनेर तिनीहरूलाई पनि इटा पोल्ने भट्टामा हालेर मार्न लगाए ।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद सिटौला गृहमन्त्री भएका बेला कोइरालाका खास मान्छे आलमले घटाएको यो जघन्य घटना सामसुम पारियो । मुद्दा चलाउन प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्न निर्देशन दिँदै मिसिल प्रहरीलाई फिर्ता पठाइ दियो । तर, उनले राजनीतिक पहुँच प्रयोग गरेर प्रहरीलाई अनुसन्धान अगाडि बढाउन नै दिएनन् ।
यो पनि हेर्नुहोस्
महराकाे प्रष्ट राजीनामा आउनुपर्छ- नेपाली कांग्रेस
तर, मृतकमध्ये दुई नेपाली परिवारले २०६५ र २०६९ सालमा अनुसन्धान आदेशको माग गर्दै सर्वोच्च अदालदतमा रिट दायर गरे । दुवैपटक सर्वोच्चले घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिए पनि अघि बढ्न सकेन । त्यसपछि मृतकका आफन्तले अदालतको अवहेलना भएको भन्दै रौतहट जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालयविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरे । सर्वोच्चले २०७६ असार ६ गते अहिलेसम्म अनुसन्धानमा भएको प्रगति ३० दिनभित्र जानकारी गराउन र घटनाको थप अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो।
त्यसपछि त्यस्ता ३० दिन बित्दै थिए । बिचमा सभामुख महरा पक्राउ परेपछि प्रहरीमाथि आदमलाई पक्राउ गर्ने दबाब बढ्यो र अन्तत: आलम पक्राउ परे ।
आलम नेपाली कांग्रेसका मुस्लिम चेहरा शेख इद्रिसका भतिजा हुन् । उनी मध्य-तराईका एक बाहुबली कांग्रेस नेता हुन् । त्यसैको बलमा उनले रौतहट–२ बाट २०५३ सालको उपनिर्वाचन र २०५६ को निर्रवाचन जिते । २०६४ सालको संविधानसभाको चुनाव पनि जितेका उनी २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा पराजित भएका थिए । तर, फेरि २०७४ सालको चुनावमा भने उनी प्रतिनिसभा सदस्यमा निर्वाचित भए।
जे होस् ढिलै भए पनि महरा-प्रकरणको साइड इफेक्ट नै सही, उनी हिरासतमा पुगेका छन् । नेपालीमा चलेको एउटा उखान छ- वल्ला घरको नरे, पल्ला घर सरे । यसपटक त्यो नेकपाको नरे कांग्रेसमा सरे भएको छ ।
एउटा रङको झण्डा बोक्ने नरेलाई काखा र अर्को रङको झण्डा बोक्ने नरेलाई पाखा नगरियोस् । जुनसुकै रङको झण्डा बोके पनि खराब नरेहरू कारबाहीको दायरामा आउन् ।