वेष्ट इन्डिजलाई ३ सय ३९ रनको चुनौति, फर्नान्डोको सतक

तस्बिरः एजेन्सी

अविस्का फर्नान्डोको सतकीय इनिङका कारण श्रीलंकाले वेष्ट इन्डिज अगाडि ३ सय ३९ रनको लक्ष्य राखेको छ।

टस हारेर पनि ब्याटिङको निम्तो पाएको श्रीलंकाले फर्नान्डोको १ सय ४ रनको सतकीय इनिङमा ६ विकेट गुमाउँदै ३ सय ३८ रन बनायो।

कप्तान डिमुथ करुणारत्ने र कुशल परेराले ९३ रनको साझेदारी गर्दै श्रीलंकालाई गतिलो सुरुवात दिलाएका थिए। परेराले रन आउट हुनुअघि ६४ रन बनाए। करुणारत्नेले ३२ रन बनाए।

कुशल मेन्डिसले ३९ र एञ्जलो म्याथ्युसले २६ रन बनाए। थिरिमानेले अविजित रहँदै ४५ रन बनाए।

वेष्ट इन्डिजका लागि जेसन होल्डरले २, फाबियन एलन, ओसाने थोमस, शेल्डन कोट्रेलले १–१ विकेट बाँडेका थिए।

प्रकाशित मिति: : 2019-07-01 19:23:25

प्रतिकृया दिनुहोस्