मलेसिया र चाईनिज ताईपेसँग खेल्ने फुटबल टोलीको विदाई, टोली आजै मलेसिया उड्ने

नेपाली राष्ट्रिय फुटबल टोली। तस्बिरः एन्फा

चाइनिज ताईपेई र मलेसियासँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले बिहिबार विराज महर्जनको कप्तानीमा रहेको २३ सदसीय नेपाली टोलीको विदाई गरेको हो ।

नेपालले आगामी जुन २ मा मलेसिया र जुन ६ मा चाईनिज ताईपेसँग उनीहरूकै मैदानमा मैत्रीपूर्ण प्रतियोगिता खेल्दैछ।

नेपाली टोली आजै बेलुका मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ।

नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले विदाई गरेका थिए।

नेपाली टिम :

  • गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने
  • डिफेन्डर :विराज महर्जन, अनन्त तामाङ,सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी,  रबि सिलवाल 
  • मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रबि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, तेज तामाङ,
  • फरवार्ड : अभिषेक रिजाल, अन्जन बिष्ट, बिमल राना,  नवयुग श्रेष्ठ
प्रकाशित मिति: : 2019-05-30 16:33:40

प्रतिकृया दिनुहोस्