रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल नेसन्स लिगको फाइनलमा

तस्बिरः एजेन्सी

कप्तान क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा स्वीट्जरल्यान्डलाई हराउँदै पोर्चुगल युइएफए नेसन्ल लिगको फाइनलमा पुगेको छ।

बुधबार राति पोर्टोमा भएको खेलमा घरेलु टोली पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो।

पोर्चुगलको जितमा पछिल्ला चार अन्तर्राष्ट्रिय सहभागितामा गोल गर्न नसकेको रोनाल्डोले ह्याट्रिक गरे।

रोलान्डोले खेलको २५औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले अघि रहेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्‍यो। स्वीटजरल्याण्डले एक गोल गर्‍यो।

खेलको ५७ औं मिनेटमा रिकार्डो रोड्रिग्वेजले पेनाल्टीमार्फत बराबरी गोल फर्काए।

खेलको ८८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए। उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए।

खेलको ९० औं मिनेटमा रोनाल्डोको ह्याट्रिक पुरा गर्दै टिमलाई ३–१ को सहज जित दिलाए। उनले ग्राइन्ट जाहाको पासमा गोल गरेका थिए।

प्रकाशित मिति: : 2019-06-06 08:50:13

प्रतिकृया दिनुहोस्