कोजीको दुई गोल, जापानसँग २–२ गोलमा रोकियो उरुग्वे

तस्वीरः एजेन्सी

कोजी मियोसीको उत्कृष्ट दुई गोलको सहयोगले उपाधिको दावेदार उरुग्वेलाई २–२ गोलको बराबरीमा रोक्दै जापानले कोपा अमेरिका कपमा उत्कृष्ट पुनरागमन गरेको छ।

विहिबार राती समूह ‘सी’ मा आगन्तुक टोलीको रुपमा जापानले डिएगो गोडिनको कप्तानीमा रहेको उरुग्वेलाई दबाबमा राख्यो।

लुइस सुआरेजको विवादास्पद पेनाल्टीलाई रेफ्रीले अनुमति नदिएको भए उरुग्वे पराजयबाट गुज्रिने लगभग पक्का थियो। सुआरेजले हानेको पेनाल्टीको निर्णय रेफ्रीले रिभ्यु सिस्टम (बिएआर) को प्रयोगमार्फत दिएका थिए।

कोजीले २५ मिनेटमा गोल गर्दे जापानलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५९ मिनेटमा फेरि उनले उरुग्वेका डिफेन्सलाई चकित बनाउँदै दोस्रो गोल गरे। सुआरेजले ३२ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफको खेललाई १–१ को बराबरीमा ल्याएका थिए। उरुग्वेका लागि दोस्रो गोल होसे जिमेनेजले ६६ मिनेटमा फर्काए।

प्रकाशित मिति: : 2019-06-21 12:19:57

प्रतिकृया दिनुहोस्