२४ वर्षपछि समूह चरणमा गोल नखाई ब्राजिल क्वाटरफाइनलमा

Agency

नेइमार बिनाको ब्राजिलले कोपा अमेरिका कपअन्तर्गत शनिबार राती समूह चरणको खेलमा पेरुलाई ५–० ले पराजित गरेको छ। जितसँगै ब्राजिल पनि प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

यसअघि चिली र कोलम्बियाले पनि क्वाटरफाइनलमा स्थान बनाइसकेका छन्। ब्राजिलले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा २ गोल थपेको थियो। ब्राजिलका लागि पहिलो गोल १२ मिनेटमा सेसेमिरोले हेडिङबाट गरेका थिए।

यसको ७ मिनेटपछि रोबर्टो फर्मिनोले गरे। २६ मिनेटमा पेरुले गोलको मौका पाएको थियो। तर, त्यसलाई गोलमा परिणत गर्न सकेन्।

३२ मिनेटमा एभर्टन सोआरेसले अर्को गोल थप्दै पहिलो हाफमा ३ गोलको अग्रता दिलाएका थिए। हाफपछि ५३ मिनेटमा डानी आल्भेसले फर्मिनोको पासमा गोल गरे। ९० मिनेटमा विलियानले अर्को गोल थपे।

सन् १९९५ पछि ब्राजिलले समूह चरणमा कुनै गोल नखाई क्वाटरफाइनलको यात्रा तय गरेको हो।

प्रकाशित मिति: : 2019-06-23 12:30:47

प्रतिकृया दिनुहोस्