कोपा अमेरिकामा अर्जेन्टिना र ब्राजिल भिड्न सक्ने

कोपा अमेरिका कपअन्तर्गत विहिबारदेखि क्वाटरफाइनलको भिड्न्त सुरू हुँदैछ। ५ पल्टको विश्व च्याम्पियन ब्राजिल विहिबार राती पाराग्वेसँग भिड्दै छ।

यस्तै, दुई पल्टको विश्व च्याम्पियन अर्जेन्टिनाको भिड्न्त भेनेजुएलासँग हुँदैछ। दक्षिण अमेरिकाको प्रतिष्ठित प्रतियोगिताको क्वाटरफाइनल जितेको खण्डमा ब्राजिल र अर्जेन्टिनाको भेट सेमिफाइनलमा हुने पक्का छ।

ब्राजिल समूह चरणको खेलमा बोलिभियालाई ३–०, पेरुलाई ५–० र भेनेजुएलासँग गोलरहित बराबरी खेल्दै अपराजित टोलीको रुपमा अन्तिम आठमा समावेश भएको हो। ब्राजिलका लागि फिलिप काउटिन्होले २ र इभर्टनले पनि २ गोल गरिसकेका छन्।

ब्राजिलले समूह चरणको खेलमा एउटा पनि गोल खाएको छैन। आयोजक साम्बा टोलीको तुलनामा अर्जेन्टिनाको प्रदर्शन समूहण चरणमा सोचे जस्तो प्रभावशाली हुन सकेन्।

पहिलो खेलमै कोलम्बियासँग २–० ले पराजय भोगेको लिओनल मेसीको टोली पाराग्वेसँग पनि १–१ गोलको बराबरीमा रोकिएको थियो। लिगको अन्तिम खेलमा कतारलाई २–० ले पराजित गरेपनि अर्जेन्टिनालाई क्वाटरफाइनल पुग्न कोलम्बियाले सघाएको थियो।

कोलम्बियाले अन्तिम खेलमा पाराग्वेलाई १–० ले पराजित नगरेको भए अर्जेन्टिना समूह चरणबाटै बाहिरिने थियो।

सन् २०१४ को विश्व कपमा आफ्नो जादुमय खेलले अर्जेन्टिनालाई फाइनल पुर्याएका मेसीले जारी प्रतियोगितामा १ गोल मात्र गरेका छन्। उनले पराग्वेसँग बराबरी भएको खेलमा पेनाल्टीबाट एक गोल गरेका थिए।

प्रकाशित मिति: : 2019-06-26 16:41:11

प्रतिकृया दिनुहोस्