एएफसी यु १६ फुटबलः नेपाल र कुवेत आज भिड्दै

फाइल तस्बिर

काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा कुवेतसँग आज प्रतिस्पर्धा गर्ने भएको छ। खेल जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा आज राति हुनेछ ।

प्रतियोगितामा कमजोर सुरुवात गरेको नेपाल आयोजक जोर्डनसँग ७–० गोलले पराजय व्यहोरेको थियो। यता विजयी सुरुवात गरेको कुवेतले पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएको थियो ।

सन् २०२० मा आयोजना हुने एएफसी यू–१६ च्याम्पियनसिपअन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा आयोजक जोर्डनसहित कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् ।

प्रतियोगितामा तीन अङ्कसहित जोर्डन शीर्ष स्थानमा छ । समान तीन अङ्कसहित कुवेत गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।

अङ्कबिहिन ताजकिस्तान, श्रीलङ्का र नेपाल क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोली दोस्रो चरणका लागि छनोट हुनेछ । विभिन्न समूहमा विभाजित उक्त छनोट खेलमा ४८ राष्ट्र सहभागी छन्।

प्रकाशित मिति: : 2019-09-16 14:00:36

प्रतिकृया दिनुहोस्