बलात्कारको आरोप लागेपछि प्रेमिका र परिवारको आगाडि लज्जित भए: रोनाल्डो

तस्बिरः एजेन्सी

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफूमाथि लागेको बलात्कारको आरोपको खण्डन गरेका छन् ।पियर्स मोगर्नसँग गरिएको उक्त अन्तरवार्तामा रोनाल्डोले बलात्कारको आरोप लागेपछि आफूले आफ्नो प्रेमिका र परिवारको आगाडि लज्जित महसुस गरेको बताए ।

‘एक दिन म घरमा मेरी प्रेमिकासँग बसेर टिभी हेर्दै थिएँ, ठीक त्यही बेला रोनाल्डोले यो गर्यो त्यो गर्यो भनेर समाचार आयो,’ उनले भने, ‘त्यतिनै बेला छोराछोरीहरु माथिबाट त्यहीँ आउँदै गरेको सुनेँ । लज्जित भएर मैले टिभीको च्यानलनै परिवर्तन गरेँ ।’

अमेरिकी मोडल क्याथरिन मायोर्गाले रोनाल्डामाथि सन् २००९ मा लास भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । तर, लास भेगासको प्रहरीले रोनाल्डोविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाण फेला नपरेको बताएको थियो ।

रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका छन् । रोनाल्डो विश्वका सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छन् ।रोनाल्डो यसै वर्ष ९९.२ मिलियन पाउण्डमा युभेन्ट्रस आएका छन्।

प्रकाशित मिति: : 2019-09-16 17:17:10

प्रतिकृया दिनुहोस्