नेयमारलाई च्याम्पियन्स लिगमा लागेको प्रतिबन्धमा घटुवा

तस्बिरः एजेन्सी

पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार जे.आरलाई च्याम्पियन्स लिगमा लागेको प्रतिबन्धमा घटुवा भएको छ । अघिल्लो सिजनको लिगमा विवादास्पद व्यवहार देखाएपछि उनलाई ‘कोर्ट अफ अर्बिट्रेशन फर स्पोर्ट्स’ले तीन खेलमा प्रतिबन्ध लगाएको थियो ।

 सन् २०१८–१९ को च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा म्यानचेष्टर युनाइटेडविरुद्ध हार ब्यहोरेपछि उनले सामाजिक सञ्जालमा रेफ्रीविरुद्ध जथाभावी लेखेका थिए ।

यसपछि यूईएफएले नेयमारलाई ३ खेलमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धपछि नेयमारले स्पेनिस क्लब रियल मड्रिडविरुद्धको मात्र नभएर समूह चरणको अन्य दुई खेल पनि गुमाउने पक्का थियो ।

अब नेयमारमाथि २ खेलको मात्र प्रतिबन्ध हुनेछ । उनले रियल मड्रिड र गालातासरेविरुद्ध खेल गुमाउनेछन् भने क्लब बर्गविरुद्धको खेलबाट च्याम्पियन्स लिगमा फर्किनेछन् ।

 

प्रकाशित मिति: : 2019-09-17 17:11:42

प्रतिकृया दिनुहोस्