च्याम्पियन्स लिग: मड्रिड र पीएसजी भिड्दैं, जिदानसँग बदला लिने दाउमा नाभास

तस्बिरः एजेन्सी

युरोपियन च्याम्पियन्स लिगमा आज स्पेनिस क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रतिस्पर्धा गर्दैछन् । पीएसजीको घरेलु मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

आजको खेलमा पहिले एकै क्लबका दुई गोलकिपर नाभास र कोर्टवा  विपक्षीको रुपमा भिन्न–भिन्नै गोल पोस्टमा देखिने भएका छन् । मड्रिडमा दोस्रो रोजाइमा रहन असन्तुष्टि जनाउँदै ट्रान्सफर विन्डो बन्द हुनुअघि नाभास पीएसजीमा अनुबन्धित भएका थिए । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गोलकिपर कोर्टवालाई पहिलो र नाभासलाई दोस्रो रोजाइको गोलकिपरको रुपमा लिएका थिए । तर नाभासले असन्तुष्टि जनाएपछि जिदानले निकट भविष्यमा दुई गोलकिपरको सम्बन्ध राम्रो नहुने भन्दै नाभासलाई बेच्ने कुरामा सहमति जनाएका थिए ।

आजको खेलमा रियलका भरपर्दा खेलाडीहरू मार्सेलो, इस्को, लुका मोड्रिक, भाल्भेर्डे र एसेन्सियोले गुमाउनेछन् । उनीहरूले चाटका कारण खेलमा गुमाउने पक्का छ । यस्तै कप्तान सर्जियो रामोस र नाचोले भने प्रतिबन्धका कारण खेल गुमाउनेछन् । तर, रियलका नयाँ स्टार इडेन हाजार्ड, करिम बेन्जेमा, ग्यारेथ बेल, जेम्स रोड्रिग्वेज, क्यासेमिरो, फर्लान मेन्डी, कार्भजल जस्ता खेलाडीलाई रियलका प्रशिक्षक जिदानले प्रारम्भिक टोलीमा राखेका छन् ।

यता, पीएसजीका लागि भने नेयमार, इडिन्सन काभानी, किलियन एम्बाप्पेले उक्त खेल गुमाउनेछन् । काभानी र एम्बाप्पेले भने चोटका कारण खेल गुमाउने छन् भने नेयमार प्रतिबन्धमा परेका छन् । उनीलाई युईएफएले ३ खेलमा प्रतिबन्ध लगाएपनि हालै उनको प्रतिबन्ध घटुवा भइ २ खेलमा झरेको छ ।

रियल र पीएसजीबाहेक आज अन्य ७ खेल पनि हुँदैछन् । आजको पहिलो खेलमा क्लब बर्ग र गालातासरे भिड्नेछन् भने दोस्रोमा टोटनह्याम हटस्पर र ओलम्पियाकसले खेल्नेछन् । यस्तै तेस्रोमा बायर ०४ लिभरकुसेनले र लोकोमाटिभविरुद्ध खेल्दा चौथोमा पीएसजी र रियलले खेल्नेछन् ।

पाँचौं खेलमा जर्मन क्लब बायर्न म्युनिखले क्रेभेना जभेदासँग खेल्दा छैटौंमा एथ्लेटिको मड्रिड र युभेन्टसले खेल्नेछन् ।सातौंमा म्यानचेष्टर सिटी र शक्तर डोनेस्कले खेल्नेछन् । आजको अन्तिम खेलमा डाइनामो जाग्रेब र अटलान्टाले खेल्नेछन् ।

 

प्रकाशित मिति: : 2019-09-18 14:12:57

प्रतिकृया दिनुहोस्