फिफा विश्व बरियतामा नेपाल ५ स्थान माथि उक्लियो

फाइल तस्बिर

विश्व बरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औं स्थानमा पुगेको छ ।

विश्व फुटबल महासंघ (फिफा)ले आज (बिहीबार) सार्वजनिक गरेको विश्व बरियतामा नेपालले पाँच स्थान सुधार गरेको हो । यसअघि नेपाल १६६औं स्थानमा थियो ।

 यता, भारत भने एक स्थान तल झर्दै १०४ औं स्थानमा पुगेको छ । माल्दिभ्स पनि एक स्थान तल झर्दै १५३औं स्थानमा पुग्दा भुटानले एक स्थान सुधार गर्दै १८५औं स्थान ओगटेको छ । यता, बंगलादेश भने ५ स्थान तल झर्दै १८७औं स्थानमा छ भने श्रीलंका २०२ र पाकिस्तान २०३ औं स्थानमा छ ।

विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै रहेको छ । विश्वविजेता फ्रान्स एक स्थान उक्लिदै दोस्रो स्थानमा रहंदा एक स्थान तल झर्दै ब्राजिल तेस्रो स्थानमा छ । चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेको छ ।

 

प्रकाशित मिति: : 2019-09-19 15:12:50

प्रतिकृया दिनुहोस्