साफ यू–१८ च्याम्पियनसिप: पहिलो खेलमै माल्दिभ्ससँग आयोजक नेपाल बराबरीमा रोकियो

फाइल तस्बिर

राजधानीमा जारी साफ यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिता पहिलो खेलमा आयोजक नेपाल माल्दिभ्ससँग बराबरीमा रोकिएको छ । हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा माल्दिभ्ससँग घरेलु टोली नेपाल १–१ को बराबरीमा रोकिएको हो ।

खेलको १३ औं मिनेटमा रोशन दोङले फल गरेपछि पाएको पेनाल्टीलाई माल्दिभ्सका कप्तान हसन नजिबले गोल गरेका थिए। त्यसअघि खेलको तेस्रो मिनेटमा नेपालका मनिष डाँगीले गोल गरे पनि रेफ्रीले अफसाइड दिएका थिए।

खेलको पहिलो हाफ बल पोजिसनमा पकड जमाएको नेपालले गोल गर्न नसक्दा १–० ले पछि परेको थियो। तर खेलको ७४ औं मिनेटका नेपालका लागि मनिष डाँगीले हेड गोल गर्दै १–१ को खेल बराबरी ल्याए ।

नेपालका बृजेश चौधरी, जया गुरुङ, मनिष डाँगीको केही उत्कृष्ट प्रहार माल्दिभ्सका किपरले उत्कृष्ट बचाउ गरेका पछि बाँकी समयमा गोल हुन नसक्दा १–१ को बराबरीमा रोकिएको हो ।

बराबरीमा रोकिएको समूह ए मा रहेको नेपाल र माल्दिभ्सले तालिकामा १–१ अंक बाढेका छन् । अब नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसँग खेल्नेछ। समूह बी मा भारत, श्रीलंका र बंगलादेश छन्। समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन्।

 

प्रकाशित मिति: : 2019-09-20 17:02:32

प्रतिकृया दिनुहोस्