ला लिगाको बलियो टोली बार्सिलोना पराजित

तस्बिरः एजेन्सी

ला लिगा फुटबलको बलियो टोली बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा यसै सिजनमा बढुवा भएर ला लिगामा आएको टोली ग्रानाडासँग बार्सिलोना २–० ले पराजित भएको हो ।

ग्रानाडाको जितमा सो गोल रामोन अजीज र सो गोल अल्भारो मालिल्लोले समान एक एक गोल गरे । लियोनेल मेसी, लुइस स्वारेज तथा आन्सु फातीसहितको टोलीलाई घरेलु मैदानमा पराजित गर्ने क्रममा ग्रानाडाले खेल सुरू भएको दोश्रो मिनेटमा नै गोल गर्दै अग्रता लिएको थियो।

उसका लागि अजीजले गरेका थिए। अजीजको गोल मार्फत नै पहिलो हाफ १–० को अग्रता बनाएका् ग्रानाडाले दोस्रो हाफमा थप एक गोल गर्यो । उसका लागि खेलको ६६ औं मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै मालिल्लोले बललाई जाली चुमाए ।

बार्सिलोनालाई हार चखाएको ग्रानाडा यो जितसँगै अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। उसले पाँच खेलबाट १० जोडेको छ। यस्तै समान खेल खेलेको बार्सिलोना भने ७ अंक सहित सातौं स्थानमा छ।

प्रकाशित मिति: : 2019-09-22 07:56:16

प्रतिकृया दिनुहोस्