इक्वेडरमा ७.५ म्याग्निच्युडको भूकम्प

AGENCY

इक्वेडरमा शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान विभागले जनाएको छ।  भूकम्पबाट मानवीय तथा भौतिक क्षतिबारे तत्काल कुनै जानकारी आइनसकेको इक्वेडरका सरकारी अधिकारीले बताएका छन्।

भूकम्पको केन्द्रविन्दु पेरूको सीमा क्षेत्रमा रहेको मोन्टाल्भो शहरबाट करिब १७ किलोमिटर टाढा अमेजन क्षेत्रमा १३२ किलोमिटर गहिराईमा रहेको विभागले जनाएको छ। दक्षिण अमेरिकामा अधिकांश ठूला भूकम्पहरू ७० किलोमिटर वा त्योभन्दा कम गहिराइमा जाने गरेको विभागले जनाएको छ।

विभागका अनुसार शुक्रबारको भूकम्पपछि दुई पराकम्प पनि गएका र एउटा ६.० म्याग्निच्युडको रहेको इक्वेडरको भगर्व विज्ञान अध्ययन संस्थाले जनाएको छ।

“अहिलेसम्म भूकम्पका कारण कसैको ज्यान गुमेको वा ठूलो भौतिक क्षति भएका खबर छैनन् तर कतिपय घरका झ्यालहरू फुटेका छन्,” माकास शहरका प्रमुख तार्किसियो ओजेदाले बताएका छन। भूकम्पपछि सरकारले सबै आपतकालिन उद्धार समूहहरूलाई उद्धारका लागि सक्रिय बनाइएको उनले बताएका छन।

भूकम्पपछि कारण सुनामी आउने सम्भावनाबारे केही बताइएको छैन।सन् २०१६ मा इक्वेडरको पश्चिमी प्रान्तहरू मानावी र इस्मेराल्डासमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा ६७३ जनाको मृत्यु भउको थियो भने तीन अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको थियो।

प्रकाशित मिति: : 2019-02-22 22:45:52

प्रतिकृया दिनुहोस्