मेक्सिकोमा पत्रकारको हत्या मानवता विरुद्ध अपराध –आइसीसी

तस्बिरः एजेन्सी

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले मेक्सिकोमा सन् २०१२ बाट २०१८ सम्ममा मारिएका १०२ जना पत्रकार विषयमा गरेको अनुसन्धानका क्रममा यो मानवताविरुद्धको अपराध भएको निकर्ष निकालेको ‘रिपोर्टर्स विदाउट बोडर्स’ले जनाएको छ ।

सोही समयावधिमा अन्य १४ जना पत्रकार वेपत्ता रहेका पनि उक्त समूहले जानकारी दिएको छ । प्रेसलाई लक्ष्य गरी भएका यी हत्या अपहरण जस्ता घटनाहरु अन्तर्राष्ट्रिय रुपमा नै गम्भीर अपराध भएको बताइएको छ ।

नागरिक समाज र पत्रकारलाई सुनियोजित र बढ्दो रुपमा गरिएको यी आक्रमणलाई मानवताविरुद्धको अपराधको संज्ञा दिइएको ‘रिपोर्टर्स विदाउट बोर्डर्स’का महासचिव क्रिस्टोफ डेलोइरले बताए।

हाल विश्वमा युद्वग्रस्त देशहरु अफगानिस्तान र सिरियापछि पत्रकारको बढी हत्या र अपहरण हुने देशको सूचीका मेक्सिको पर्छ।

मेक्सिकोमा पत्रकारहरुको हत्या हुनुको मुख्य कारण लागूऔषध तस्करी र राजनीतिक प्रेरित भ्रष्टाचारीलाई मानिन्छ।

दण्डहीनता चरम अवस्थामा रहेको मेक्सिकोमा हत्यामा संलग्न अपराधीमाथि कुनै कानुनी कारबाही हुने गरेको छैन।

प्रकाशित मिति: : 2019-03-13 20:02:19

प्रतिकृया दिनुहोस्