१३ औं सागमा १० हजार मिटर दौडमा नेपाललाई स्वर्ण पदक दिलाएकी सन्तोषी श्रेष्ठले ५ हजार मिटरमा निरास तुल्याएकी छिन्।
उनी शुक्रबार महिला ५ हजार मिटर दौडमा पदकबिहिन बनिन्। श्रीलंकाकी उदा कुबुरालेगले १६ मिनेट ५५ दशमलव १८ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन्।
भारतीय धाविका पारुल चौधरीले १६ मिनेट ५७ दशमलव ४९ सेकेन्डमा रजत र प्रिति लाम्बाले १७ मिनेट ०९ दशमलव ३२ सेकेन्डमा कास्य जिते। सन्तोषी चौथो भइन्। उनले १७ मिनेट १३ दशमलव ६८ सेकेन्डमा दौड पुरा गरिन्।