दर्शकदीर्घाबाट गौरिका सिंह र नेपालको आवाज आउँदा एकदम खुसी लाग्छ (भिडियो कुराकानी)

तस्बिरः बिएल नेपाली सेवा

१३ औं सागअन्तर्गत पौडीतर्फ दोस्रो स्वर्ण जितेपछि बिएल नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिनेक्रममा गौरिका सिंहले ‘दर्शकदीर्घाबाट गाैरिका सिंह र नेपाल’ को आवाजले आफूलाई थप उत्साही बनाएको बताएकी छिन्। 

उनले २ सय मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेपछि भनिन्, ‘म सुरुमा अलिकति नर्भस थिए। भारतीय खेलाडी मभन्दा अगाडि थियो। दर्शकदीर्घाबाट आवाज गुन्जिएपछि ममा थप उत्साह आयो।’

उनले सागको इतिहासमा पौडीतर्फ दुईवटा स्वर्ण जित्न सफल भएकोमा खुसी व्यक्त गरिन्।

प्रकाशित मिति: : 2019-12-06 18:37:27

प्रतिकृया दिनुहोस्