नेपालमा जारी १३औं दक्षिण एसियाली खेल महाकुम्भमा नेपाल ऐतिहासिक सफलताका साथ पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । डिसेम्बर १ देखि १० सम्मका लागि तय गरिएको १३औं सागको ६ दिन वितिसक्दा नेपाल यो उपलव्धीका साथ खेल मैदानमा थप सफलताका लागि जुटिरहेको छ। सुरूका चार दिन त नेपाल पदक तालिकामा भारतलाई समेत उछिन्दै पहिलो स्थानमा रहेको थियो ।
नेपालले डिसेम्बर ६ सम्ममा ४१ स्वर्ण, २७ रजत र ४८ काँस्य गरी ११६ पदक जितिसकेको छ । पहिलो स्थानमा रहेको भारतले ८१ स्वर्ण, ५९ रजत र २५ काँस्यसहित १६५ पदक जितेको छ । यसैगरी श्रीलंका २३ स्वर्ण, ४२ रजत र ६९ काँस्य गरी १३४ पदकका साथ तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा रहेको पाकिस्तानले १९ स्वर्ण, २५ रजत र २९ काँस्य गरी ७३ पदक जितेको छ ।
यसैगरी पाँचौ स्थानमा रहेको बंगलादशले ४ स्वर्ण, १८ रजत र ५१ काँस्य गरी ७३ पदक जितेको छ भने छैटौ स्थानमा रहेको माल्दिभस्ले एक स्वर्ण र २ काँस्य गरी तीन पदक जितेको छ। सबैभन्दा पुछारमा रहेको भुटानले ६ काँस्य पदक जितेको छ ।
अहिलेसम्म १६९ स्वर्ण, १७१ रजत र २३० काँस्य गरी ५७० पदकको निर्णय भैसकेको छ ।