भारतमा २ स्वर्ण जितेकी श्रीलंकाकी किमिको रहिमको कीर्तिमानलाई उछिनिन् गौरिकाले

तस्बिरः बिएल नेपाली सेवा

गौरिका सिंहले १२ औं सागमा दुईवटा स्वर्ण जित्न सफल श्रीलंकाकी किमिको रहिमलाई उछिनेकी छिन्। गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेपछि रहिमलाई उछिनेकी हुन्।

रहिमले सन् २०१६ मा एक सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन। गौरिकाले हालसम्म सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितिसकेकी छिन्। शनिबार उनले सय मिटर ब्याकस्ट्रोकमा रजत जितेकी थिइन।

प्रकाशित मिति: : 2019-12-08 17:23:58

प्रतिकृया दिनुहोस्