ए डिभिजन लिग: जावलाखेलद्वारा सरस्वती पराजित

बिएल संवाददाता

काठमाडौं, पुस ५

जावलाखेल क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ। 

शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले पहिलो जित निकालेको हो।

जावलाखेलको जितमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले निर्णायक गोल गरे।

उनले खेलको १० औं मिनेटमा गोल गरे। 

जितसँगै जावलाखेलले २ खेलमा ४ अंक जोडेको छ।  सरस्वतीको भने लगातार दोस्रो हार हो। 

प्रकाशित मिति: : 2019-12-22 07:42:50

प्रतिकृया दिनुहोस्