ला लिगा: सेभिल्ला तेस्रो स्थानमा उक्लियाे

बिएल संवाददाता

काठमाडाैं,पुस ५

स्पेनिस ला लिगामा सेभिल्ला तेस्रो स्थानमा उक्लिएको छ। 

शनिबार भएको खेलमा मलोर्कालाई २–० गोल अन्तरले हराउँदै सेभिल्ला लिगको तेस्रो स्थानमा उक्लिएको हो। सेभिल्लाको जितमा डिएगो कार्लोस सान्तोस सिल्भा र एभर बानेगाले एक/एक गोल गरे।

घरेलु टोली मलोर्काविरुद्ध सेभिल्लाले खेलको २० औं मिनेटमा नै अग्रता लिएको थियो। सेभिल्लाका लागि सिल्भाले गोल गरेका हुन्। पहिलो हाफ १–० को अग्रता लिएको सेभिल्लाले दोस्रो हाफमा थप एक गोल थप्यो।

६३ औं मिनेटमा बानेगाले अग्रता दोब्बर बनाउँदै सेभिल्लाको जित सुनिश्चित गरे।

जितसँगै सेभिल्ला १८ खेलमा ३४ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ। सेभिल्लाभन्दा एक/एक खेल कम खेलेको बार्सिलोना र रियल मड्रिड ३८ र ३६ अंकको साथ पहिलो र दोस्रो स्थानमा रहेका छन्। 

पराजित मलोर्का भने १५ अंकको साथ १७ स्थानमा रहेको छ। 

प्रकाशित मिति: : 2019-12-22 09:17:53

प्रतिकृया दिनुहोस्