दैलेखमा गाउँपालिका अध्यक्ष शाही र उनकी श्रीमती अपहरणमा

बिएल संवाददाता

काठमाडौं, December 22, 2019

दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती अपहरणमा परेका छन्।

शनिबार राति करिब १२ बजेको समयमा २० देखि २५ जनाको समूहमा आएको अज्ञात समूहले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिइन्।

प्रहरीले प्रतिबन्धित नेकपा विप्लव समूहले उनीहरुको अपहरण गरेको आशंका गरेको छ। अपहरणमा परेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पुगेको छ ।

गाउँपालिकाको बजेट दुरूपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले अध्यक्ष शाहीलाई पहिला पनि चेतावनी पत्र दिएका थिए।

शाही सत्तारूढ नेकपाबाट विजयी गाउपालिका अध्यक्ष हुन् ।

प्रकाशित मिति: : 2019-12-22 22:56:23

प्रतिकृया दिनुहोस्