युभेन्ट्सलाई हराउँदै पाँचौ पटक लाजियोले जित्यो सुपर कोपाको उपाधि

बिएल संवाददाता

काठमाडाै‌ं

इटालियन सिरी ए फुटबलमा दोस्रो स्थानमा रहेकाे युभेन्ट्स लाजियोसँग पराजित भएको छ।

शनिबार घरेलु मैदानमा भएको इटालियन सुपर कोपाको फाइनलमा युभेन्ट्स लाजियोसँग १–३ गोल अन्तरले पराजित भएको हो। लाजियोको जितमा लुइस अलबेर्टो, सेनाड लुलिक र डानिलो कटालडीले एक एक गोल गरेका थिए। युभेन्टसका लागि पाउलो डिबालाले एक गोल गरेका थिए।

खेलको १६ औं मिनेटमा नै लाजियोका लाग अलबेर्टोले अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा डिबालाले गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको ७३ औं मिनेटमा लाजियोले पुनः खेलमा अग्रता लियो। लाजियोको लागि लुलिकले गोल गरे। यस्तै खेलकाे इन्जुरी समयमा लाजियाेका डानिलोले गाेल गर्दै १–३ शानदार  जित  दिलाए।

इटालियन सुपर कोपाको उपाधि लाजियोले योसहित पाँचौ पटक जितेको छ। अहिलेसम्म यो उपाधि युभेन्टसले सबैभन्दा बढी ८ पटक जितेको छ भने एसी मिलानले ७ र इन्टरमिलानले ५ पटक जितेको छ।
 

प्रकाशित मिति: : 2019-12-23 13:24:06

प्रतिकृया दिनुहोस्