बलात्कार आरोपमा वडासदस्य पक्राउ

बलात्कार आरोपमा हतुवागढी गाउँपालिका ६ होम्ताङका वडासदस्य बालकुमार राई पक्राउ परेका छन्।

स्थानीय एक युवतीलाई घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३८ वर्षीय राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मंसिर १५ गते राईले २४ वर्षीय युवतीलाई जबरजस्ती गरेका थिए।

राईलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले बताए।

प्रकाशित मिति: : 2019-12-24 01:26:03

प्रतिकृया दिनुहोस्