पीपीएल: साविक विजेता पोखरा बाहिरियो, धनगढीको प्लेअफमा पुग्ने संम्भावना

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)मा साविक विजेता पोखरा पल्टन बाहिरिएको छ। 

सोमबार भएको खेलमा एक्स्पर्ट धनगढीसँग ५ विकेटले पराजित हुँदै बाहिरिएको हो।

जितका लागि ८० रनको सामान्य लक्ष्य पछ्याएको धनगढीले ९.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। 

धनगढीको जितमा दीपक पुनियाले २५ रन बनाए। यस्तै रोड्रिगो थोमस १५, दीपेन्द्र सिंह ऐरी १३ रन र सुवेन्दु पाण्डे ११ रनमाआउट भए।

पोखराका प्रथामेश दाके र सर्वजीत लड्डाले २–२ विकेट लिए। ललित नारायण राजवंशीको नाममा १ विकेट रह्यो।

यसअघि पोखरा रंगशालामा टस जितेर पहिले  ब्याटिङ गरेको पोखराले १६.३ ओभरमा अल आउट हुँदै ८० रन बनाएको थियाे। 

पोखराको लागि आरिफ शेखले सर्वाधिक ३२ रन बनाए। उनले २९ बलमा ४ चौंका प्रहार गरेका थिए। यस्तै विनोद भण्डारीले १२ रन बनाउँदा अरुले दोहोरो अंक छुन सकेनन्। 

बलिङमा धनगढीका अनिल खरेलले ३ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए । सागर ढकाल र दीपक पुनियाले २/२ विकेट लिए।

प्रकाशित मिति: : 2019-12-24 02:53:26

प्रतिकृया दिनुहोस्