टोटेनह्यामले सनले पाएको रेड कार्डबारे अपिल गर्ने

 टोटेनह्यामले सन ह्युङ मिनले पाएको रेड कार्डबारे अपिल गर्ने भएका छन् । 

आइतबार राति चेल्सीसँग २-० को हार व्यहोर्दा सनले दोस्रो हाफमा रेड कार्ड पाएका थिए । चेल्सीका डिफेन्डर एन्टोनियो रुडीगरलाई फउल गरेपछि ६२ औं मिनेटमा सनले रेड कार्ड पाएका हुन् ।

 मुख्य प्रशिक्षक जोसे मोरिन्होले चेल्सीसँगको खेलमा उनले पाएको रेड कार्डको अपिल गर्ने बताएका छन् ।

'मलाई आशा छ सन पाँच पटक कारबाहीमा पर्ने छैनन्।',मोरिन्होले भने,'एक पटक रुडीगरलाई फउल भयो। दोस्रो उनलाई बाहिर पठाइयो । तेस्रोमा उनी ब्राइटनसँग, चौंथोमा नर्विच र पाँचौमा साउथह्याम्पटनसँग खेल्ने छैनन् ।'
 

प्रकाशित मिति: : 2019-12-24 21:34:48

प्रतिकृया दिनुहोस्