सिरियाको इद्लिबमा हवाई आक्रमण आठ मृत्यु

सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध हवाइ आक्रमणमा परी आठ सर्वसाधारण मारिएका छन्। ती मध्ये पाँच बालबालिका रहेका मानवअधिकारवादी समूहले जनाएको छ। 

यस हवाई आक्रमण परी पाँच बालबालिका र अन्य तीन मारिएका ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले मङ्गलबार जानकारी दिएको छ।
सिरियाली सरकारको सहयोगका रुपमा रुसले विद्रोहीलाई लक्ष्यगरी सिरियाको विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरुमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ। 

 सिरियामा सन् २०११ को मार्च महिनामा यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलनमा शुरु भएको थियो। सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो।  

सन् २०११ देखि हालसम्म जारी यस आन्दोलनमा तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।  लाखौ घाइते भएका छन्। दशौ लाख व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन्। 

प्रकाशित मिति: : 2019-12-25 05:37:44

प्रतिकृया दिनुहोस्