नेयमारलाई बार्सिलोना पठाउने पीएसजीको तयारी

स्पेनिस ला लिगा कल्ब बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट नेयमारलाई भित्र्याउन पुनः कोशिस गर्ने भएको छ। 

२८ बर्षे नेयमारलाई क्याम्प नोउमा भित्र्याउन आउँदो समर ट्रान्सफर विन्डोमा बार्सिलोनाले नयाँ प्रक्रिया अगाडी बढाउने भएको हो। पेरिस सेन्ट जर्मेनले २०१७ मा २०० मिलियन युरोमा नेयमारलाई बार्सिलोनाबाट पेरिस लगेको थियो।

यो सिजनमा बार्सिलोनाले पीएसजीसँग बारम्बार नेयमारका बारेमा कुरा अगाडी बढाएको थियो। तर पीएसजीले उसले अफर गरेको बजेटलाई अस्विकार गरेको थियो।

यतिमात्र होइन बार्सिलोनाले रकमका साथै तीन जना खेलाडीलाई पनि पठाउने बताएको थियो तर पनि पीएसजी राजी भएन। बार्सिलोनामात्र होइन उनको नाम अरु क्लबहरुसँगपनि जोडिएको थियो। तर अन्तिममा नेयमारले मुखै खोलेर बार्सिलोना बाहेक अन्य क्लवमा नजाने बताएपछि पीएसजीले उनलाई क्याम्प नोउमा नै पठाउने निर्णयमा पुगेको छ।
 
नेयमारले स्पेनमा चार सिजन विताएका थिए। जसमा एक सय ८५ खेलमा एक सय एक गोल गरेका थिए। नेयमार बार्सिलोना हुँदा कप्तान लियोनल मेसी र लुइस स्वारेज मिलेर बार्सिलोनाले २०१४ र १५ मा ला लिगा, २०१५ मा च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। चोटमुक्त भएर पीएसजी फर्किएका नेयमार अहिलेपनि निरन्तर राम्रो खेलिरहेका छन्। 

पीएसजीमा नेयमारले समातेको उत्कृष्ट लयले गर्दा नयाँ ट्रान्सफर विन्डोमा बार्सिलोनाले खेलाडी बिक्रि गरेरै भएपनि उनलाई भित्र्याउन चाहेको छ। बार्सिलोना पनि खेलाडी बेचेर एक सय ९० मिलियन पाउण्ड उठाउने र नेयमारलाई भित्र्याउन प्रयास गर्ने योजनामा छ। जारी सिजनको अन्तिममा नेयमारका लागि पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनाद्रोले २२२ मिलियन युरो माग गरेको थियो। 

तर बार्सिलोनाले यो सिजन फ्राङ्की डि जोङ र एन्टोनी ग्रिजम्यानलाई भित्र्याउन २०० मिलियनभन्दा बढी खर्च गरिसकेको थियो। त्यसैले नेयमारलाई भित्र्याउन उसलाई फाइनान्सियल फेयर प्ले नियमले अप्ठ्यारो पारेको थियो।

हाल पीएसजी  फ्रेन्च लिग वानमा शीर्ष स्थानमा यथावत रहेको छ। पीएसजीको १८ खेलबाट ४५ अंक पुगेको छ। तर बार्सिलोनाले स्पेनिस ला लिगमा १८ खेलबाट ३६ अकं जोडेको छ। बार्सिलोनाले रियल मड्रिडसँग अंकदूरी ३ बनाएको छ। लिगको तेस्रो स्थानमा सेभिल्ला छ। सेभिल्लाको ३३ अंक रहेको छ। 

 

प्रकाशित मिति: : 2019-12-25 12:01:10

प्रतिकृया दिनुहोस्