ए डिभिजन लिग: फ्रेन्ड्सलाई सहजै हराउँदै मछिन्द्र शीर्ष स्थानमा

मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको जितमा  पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक एक गोल गरे ।

प्रकाशित मिति: : 2019-12-26 03:19:52

प्रतिकृया दिनुहोस्