पीपीएल: विराटनगर प्लेअफमा, फाइनल प्रवेशको लागि बुटवलसँग भिड्ने

विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीएल) मा लिगमा  प्लेअफमा पुगेको छ। 

बुटवल ब्लास्टर्सले दिएको  १३३ रनको लक्ष्य पछ्छाएको विराटनगरले ६ विकेट गुमाउँदै ११.४ ओभरमा पुरा गरेपछि रनरेटको आधारमा प्लेअफमा पुगेको हो। 

विराटनगरको जितमा पाकिस्तानका नोमन खानले २२ बलमा ५ चौका सहित ३५ रनको योगदान दिए।

पुष्प थापा १८ र मिनास थापा १ रनमा अविजित रहे। पुष्पले ८ बलमा ३ चौका प्रहार गरे।

 बुटवलका नितेश थापाले २, कमल खत्री, हर्ष टोन्क र अभिनास बोहराले १–१ विकेट लिए।

यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको बुटवल ब्लास्टर्सले ७ विकेटको क्षतिमा १३३ रन बनाएको थियाे।

बुटवलका लागि हर्ष टोन्कले सर्वाधिक ६७ रन बनाए। उनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै शिवम् सिंहले ३७ रन र सिदान्त लोहनीले ११ रनको योगदान दिँदा अन्य खेलाडीले भने सम्झन लायक प्रर्दशन गर्न सकेनन्। 

विराटनगरका लागि जैद आलमले ४ तथा किशोर महतोले २ विकेट हात पारे। यस्तै दिपेश श्रेष्ठ, शाहब आलमले समान १/१ विकेट लिए।

विराटनगरको अप्रत्याशित जितसँगै ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं लिग चरणबाटै बाहिरिएको छ। फाइनल प्रवेशको लागि विराटनगर र बुटवलबीच बिहीबार क्वालिफायर खेल हुनेछ। फाइनल पुष १२ मा हुने । चितवन अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा पुगिसकेको छ।

प्रकाशित मिति: : 2019-12-26 03:29:46

प्रतिकृया दिनुहोस्