इन्डोनेसियामा सडक दुर्घटना: मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, १३ जना अझै बेपत्ता

एजेन्सी

जाकार्ता

इन्डोनेसियाको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ।  

दुर्घटना भएर यात्रुवाहक बस नदीमा खसेको र नदीमा बेपत्ता भएका मध्ये १३ जना अझै नभेटिएको अधिकारीले जनाएका छन्।  बेपत्ता भएकाको खोजी भइरहेको र भेटिने सम्भावना न्युन रहेको खोजी तथा उद्धारमा सङ्लग्न एक प्रहरीको भनाइ छ।  

घटनामा परी घाइते भएका मध्ये अरु १३ जनाको बसेमाह अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको सङ्ख्या बढ्न सक्ने पनि चिकित्सकले जनाएका छन्।   

दुर्घटनामा परेको बसमा १५० मिटर तल खसेको थियो। दुर्घटना भएका बेला बसमा ५४ यात्रु रहेका थिए। दुर्घटना भएको ठाउँ देशको दुर्गम क्षेत्र मानिन्छ।  

प्रकाशित मिति: : 2019-12-26 05:34:49

प्रतिकृया दिनुहोस्