ए डिभिजन लिग: मनाङ शीर्ष स्थानमा उक्लियो

मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। 

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो। मनाङको जितमा जगजित श्रेष्ठले पहिलो हाफमा गरेको गोल नै पर्याप्त रह्यो।

खेलको २५औं मिनेटमा जगतिजले वान टचमा गोल गरेका थिए। मपनेटमा भिडाल लुइसको प्रहार डिफ्लेक्ट भएपनि जगजितले वान टचमा गोल गरेका थिए।  

७३औं मिनेटमा एकराज बुढाथोकी सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि मनाङ १० खेलाडीमा समेटियो। विजय गुरुङलाई गम्भीर ट्याकल गरेपछि रेफ्री कविन व्यन्जनकारले एकराजलाई सिधै रातो कार्ड देखाएका थिए।

 मनाङले जारी लिगमा शतप्रतिशत जित निकाल्दै ९ अंक बनाएको छ।  बिबिसीले ३ मध्ये १ खेलमा जित र बाँकी २ खेलमा हार बेहोरेको छ। उसको ३ अंक छ।

प्रकाशित मिति: : 2019-12-27 03:05:21

प्रतिकृया दिनुहोस्