अग्रता जाेगाउन नसक्दा आर्सनलसँग बर्नेमाउथ बराबरीमा राेकियाे

इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नेमाउथसँग आर्सनलले बराबरीमा राेकिएकाे छ।

 बर्नेमाउथकाे मैदानमा बिहिबार राति भएको खेलमा आर्सनल १-१ गोलको बराबरी राेकिदैँ अंक बाडेको हाे।

३५ औं मिनेटमा डान गोस्लिङले गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाएका थिए। पहिलाे हाफ १–० काे अग्रता लिएकाे बर्नेमाउले दाेस्राे हाफमा कमजाेर खेल खेल्याे। ६३ औं मिनेटमा एम्रिक आबुमियाङले गोल गर्दै आर्सनललाई खेलमा फर्काए।

बराबरीसँगै ११ औं स्थानको आर्सनलले १९ खेलमा २४ अंक जोडेको छ । बर्नेमाउथ २० अंक जोडेर १६ औं स्थानमा रहेको छ।

आजै भएको अर्को खेलमा एस्टोन भिल्लाले नर्विच सिटीलाई १–० ले पराजित गरेको छ। एस्टोनका लागि ६४ औं मिनेटमा आवरइहानले निर्णायक गोल गर्दै टिमको जित सुनिश्चित गरेका हुन्।

 

प्रकाशित मिति: : 2019-12-27 11:56:01

प्रतिकृया दिनुहोस्