सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले आफ्नो तेस्रो खेल आज एडिलेटविरूद्ध खेल्दै

अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले आफ्नो तेस्रो खेल खेल्दैछ। 

मेबलर्नले आफ्नो तेस्रो खेलमा विश्व नम्बर एक बलर राशिद खान सम्मिलित एडिलेट स्टाइकर्सको सामना गर्न लागेको हो ।

मेलबर्न–एडिलेटबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १:५५ बजेदेखि सुरू हुँदैछ।

मेलबर्नले यसअघि खेलका २ खेलमै जित हासिल गरेको छ। उसले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले हराउँदै विजयी सुरुवात गरेको थियो।

दोस्रो खेलमा मेलबर्नले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गर्न सफल भयो ।

जारी सिजनमा सन्दीपले २ खेलमा २ विकेट लिएका छन्। पहिलो खेलमा ४ ओभरमा ३८ रन दिएर १ विकेट लिएका उनले दोस्रो खेलमा ३ ओभर बलिङ गर्दै १८ रन दिएर महत्वपूर्ण १ विकेट लिएका थिए।

सुरूवातका २ खेलमा प्लेइङ ११ मा मौका पाएका सन्दीपले आज पनि मौका पाउने सम्भावना बलियो छ। मेलबर्नले सन्दीपलाई आजको खेलका लागि सार्वजनिक गरेको १३ सदस्यीय टिममा पनि समावेश गरेको छ।

SQUAD NEWS

प्रकाशित मिति: : 2019-12-28 00:33:43

प्रतिकृया दिनुहोस्