ज्लाटन ईब्राहिमोभिच एसी मिलानमा

स्विडेनका अन्तराष्ट्रिय स्टार ज्लाटन ईब्राहिमोभिच सिरि ए क्लब एसी मिलानमा अनुबन्ध भएका छन्।

३८ वर्षीय फरवार्ड इब्राहिमोभिचले दुई सिजन अमेरिकी मेजर सकर लिग क्लब एलए ग्यालेक्सीमा बिताएर यसै महिनाको शुरुमा क्लब छाडेका थिए। जहाँ उनले ५८ खेल खेल्दै ५३ गोल गरेका थिए। ईब्राहिमोभिचले सिरि ए क्लबसँग ६ महिनाको सम्झौता गरेका हुन्।

माल्मोबाट क्लब फुटबल शुरु गरेका इब्राहिमोभिचले नेदरल्याण्ड्सको अयाक्स, इटलीको इन्टर मिलान, एसी मलान र युभेन्ट्स, स्पेनको बार्सिलोना,  फ्रान्सको पेरिस सेन्ट जर्मेन तथा इंग्ल्याण्डको म्यानचेष्टर युनाइटेडबाट पनि व्यवसायिक फुटबल खेलिसकेका छन्।

‘म धेरै सम्मानका साथ क्लबमा फर्किएको छु। मिलानको शहरलाई म निकै प्रेम गर्छु।’ ईब्राहिमोभिचले भनेका छन्।

ईब्राहिमोभिचले सन् २०१० देखि २०१२ सम्म एसी मिलानबाट खेलेका थिए । उनले ६१ वटा लिग खेलमा ४२ गोल गरेका थिए।

‘क्लबको अवस्थालाई बदल्न टिमसँग मिलेर म लड्नेछु। जसलाई सम्भव बनाउन म सबै चिज गर्नेछु।’ ईब्राहिमोभिचले भने।

मिलानले सन् २०११ यता मुख्य उपाधि विहिन छ।

सात पटकको युरोयिन च्याम्पियन निकै खराब लयबाट गुज्रिरहेको छ। क्लबले १७ खेलमा मात्र २१ अंक जोड्दै तालिकाको ११ औं स्थानमा छ।

 

प्रकाशित मिति: : 2019-12-28 20:24:33

प्रतिकृया दिनुहोस्