इंग्लिस प्रिमियर लिग: युनाइटेड पाँचौ स्थानमा उक्लियाे

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेड तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।

शनिबार वर्नलीको घरेलु मैदानमा भएको खेलमा २–० को जित निकाल्दै  युनाइटेड तालिकाको पाँचौ स्थानमा पुगेको हो।  युनाइटेडको जितमा एन्थोनी मार्टियल र मार्कोस रासफोर्डले एक एक गोल गरेका थिए।

खेलको ४४ औं मिनेटमा मार्टियलले गोल गर्दै  युनाइटेडलाई सुरुवाती अग्रता दिलाए।

रासफोर्डले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै  युनाइटेडको जित निश्चित गरेका थिए।

युनाइटेड ३१ अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।

वर्नली २४ अंक सहित तालिकाको १३ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-29 19:41:38

प्रतिकृया दिनुहोस्