लेविनकाे दुई गाेलमा एभर्टनकाे जित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले जित निकालेको छ।

न्युकासलको मैदानमा शनिबार राति भएको खेलमा एभर्टनले २–१ गोलको जित निकालेको हो। एभर्टनका लागि दुवै गोल डोमिनिक काल्भर्ट लेविनले गरे। फाबियनले एक गोल फर्काए।

खेलको १३ औं मिनेटमा डोमिनिकले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए। तर, खेलको ५६ औं मिनेटमा फाबियनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए।

 ६४ औं मिनेटमा डोमिनिकले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-१ को जित दिलाए।

जितसँगै २० खेलमा २५ अंक जोडेको एभर्टन लिगको दशौँ स्थानमा छ। २५ अंक नै जोडेको न्युकासल ११ औं स्थानमा रहेको छ।
 

प्रकाशित मिति: : 2019-12-29 20:36:37

प्रतिकृया दिनुहोस्