१८ महिनामै पेलिग्रिनी वेस्ट ह्यामबाट बर्खास्तमा

बिएल संवाददाता

काठमाडाै‌ं

वेस्ट ह्यामले प्रशिक्षक म्यानुअल पेलेग्रिनीलाई बर्खास्त गरेको छ। पेलिग्रिनी १८ महिनामै क्लबबाट बर्खास्तमा परेका हुन्। उनी सन् २०१८ को मेमा तीन बर्षका लागि क्लबसँग जोडिएका थिए।

घरेलु मैदानमा लेस्टर सिटीसँग २–१ ले पराजित भएसँगै क्लबले पेलेग्रिनीलाई बर्खास्त गरेको हो। खेल सकिएको दुई घण्टामा क्लबले उनलाई बर्खास्त गरेको हो।

उनले गत सिजन वेस्ट हयामलाई रेलिगेशन जोनबाट बचाउँदै १३ औं स्थानमा रहेर लिगको अन्त्य गराएका थिए।

तर शनिबार लेस्टरसँग पराजित हुँदै वेस्ट ह्याम तालिकाको १७ औं स्थानमा झरेको छ। क्लब रेलिगेशन जोनभन्दा मात्र एक अंकले माथि छ।

पछिल्ला १२ खेलमा वेस्ट ह्याम ९ खेलमा पराजित छ।

वेस्ट ह्यामका पुर्व प्रशिक्षक डेविड मोयसलाई क्लबको सम्भावित प्रशिक्षकको रुपमा हेरिएको छ। ‍

प्रकाशित मिति: : 2019-12-29 21:08:56

प्रतिकृया दिनुहोस्