देवयानीका छोरा पहिलो पल्ट मिडियामा सार्वजनिक (भिडियोसहित)

देवयानीलाई दरबार हत्याकाण्ड अगाडि युवराज दीपेन्द्र शाहले विवाह गर्न खोजेका थिए।

राजेन्द्र कुँवर

सिन्धुपाल्चाेक

नेपाली राजनीतिको चर्चित पात्र देवयानी राणाका सुपुत्र पहिलो पल्ट मिडियामा देखा परेका छन्। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाको चुनावी क्षेत्र सिन्धुपाल्चोकमा गत शुक्रबार एम्बुलेन्स वितरण कार्यक्रममा देखा परेका हुन्। 

देवयानी विगत केही वर्षदेखि आफ्नो बुवाको चुनावी क्षेत्रमा सक्रिय छिन्। उनी राप्रपाकी नेता पनि हुन् भने लामो समयदेखि बुवाको चुनावी क्षेत्रमा समाजसेवा गर्दै आइरहेकी छिन्। छोरा आधिदेव सिंह पनि गत शुक्रबार एम्बुलेन्स वितरण कार्यक्रममा हजुरबुवा पशुपति शमशेरसँगै देखा परे। 

एम्बुलेन्स वितरण कार्यक्रममा अध्यक्ष राणाले भने, ‘साथीहरू म तपाईहरूलाई मेरो नाति चिनाउन लिएर आएको छु। तपाईहरू सँग मेरो नाता अत्यन्त पुरानो छ।’ 

देवयानीलाई दरबार हत्याकाण्ड अगाडि युवराज दीपेन्द्र शाहले विवाह गर्न खोजेका थिए।

तत्कालिन बडामहारानी ऐश्वर्यासँग कुरा नमिल्दा उनीहरूको विवाह हुन पाएन। देवयानीकै निहुँमा सन् २००४ मा युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड मच्चाएको आशंका गरिन्छ।

दरबार हत्याकाण्डपछि देवयानीको बिहे सन् २००७ मा भारत सिङ्ग्राउलीका राजा कुँवर ऐश्वर्या सिंहसँग भएको थियो। उनको नाममा ‘देवयानी’ नामक फिल्म पनि रिलिज भएको थियो। 
 
 

प्रकाशित मिति: : 2019-12-30 07:10:15

प्रतिकृया दिनुहोस्