चीनमा वेश्यावृत्तिको आरोपमा पक्राउ परेका महिलालाई हिरासतमा राख्ने दण्ड खारेज

एजेन्सी

काठमाडाैं

चीनले वेश्यावृत्तिको आरोपमा पक्राउ परेका महिला र तिनका ग्राहकलाई दुई वर्षसम्म हिरासतमा राख्न मिल्ने एउटा दण्ड व्यवस्था खारेज गरेको छ।

यसअघि पक्राउ परेका यौनकर्मी महिला र तिनका ग्राहकलाई शिक्षा शिविर पठाइन्थ्यो। त्यहाँ उनीहरूलाई पुतली र घरायसी प्रयोजनमा प्रयोग हुने सामग्री बनाउन लगाइन्थ्यो। ह्यूमन राईट्स वाचको २०१३ को एउटा प्रतिवेदनमा अपराध गरेको स्वीकार गराउन प्रहरीले यौनकर्मीहरूलाई पिट्ने गरेको उल्लेख छ।

चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार डिसेम्बर २९ देखि सो व्यवस्था अन्त्य भएपछि अहिले हिरासतमा भएका व्यक्तिहरूलाई मुक्त गरिनेछ।

चीनमा वेश्यावृत्ति अवैधानिक छ। वेश्यावृत्ति गरेको प्रमाणित हुँदा १५ दिन थुना र ५,००० यूआन जरिवाना हुने प्रावधान छ।

प्रकाशित मिति: : 2019-12-31 00:25:00

प्रतिकृया दिनुहोस्