सोमालियामा भएको आतङ्कवादी आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सोमालियाको राजधानीमा दर्जनौँ व्यक्ति मारिनेगरी भएको आतङ्ककारी कारवम विष्फोटको आइतबार निन्दा गरेको छ।

शनिबार भएको उक्त आत्मघाती कारवम विस्फोटमा परी ७९ जनाको मृत्यु भएको थियो भने १४९ जना घाइते भएका थिए।

राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“सबै किसिमका आतङ्कवाद र घटनाले अन्तराष्ट्रिय शान्ति तथा सुरक्षामा गम्भीर खतरा बढिरहेको छ। आतङ्कवादी आक्रमणबाट सिर्जना भएको चुनौतीको सम्पूर्ण तरिकाले सामना गर्नपुर्ने हुन्छ। ”

परिषद्ले सम्पूर्ण राष्ट्रलाई सोमालियाको सरकारलाई सघाउन र घटनाको योजनाकार, आयोजक, आर्थिक लगानीकर्तालाई न्यायको कठघरामा उभ्याउन आग्रह गरेको छ।

परिषद् सदस्यहरूले शान्ति, स्थायित्व तथा विकासका मुद्दामा सोमालियालाई सघाउने प्रतिवद्धता पुनः प्रकट गरेका छन्। आक्रमणले परिषद्को प्रतिवद्धतामा कुनै कमी नल्याउने पनि विज्ञप्तिमा भनिएको छ।

शनिबार मोगादिशुको बाहिरी भागमा रहेको एक व्यस्त सडकको चोकमा आत्मघाती आक्रमण गरिएको थियो।  

प्रकाशित मिति: : 2019-12-31 11:13:48

प्रतिकृया दिनुहोस्