प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणकाे निम्ताे

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणकाे निम्तो दिएका छन्। 

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै भ्रमणको निम्तो दिएका हुन्।

ओलीले अंग्रेजीमा एक ट्विट गर्दै नयाँ वर्षको  शुभकामनासँगै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको उल्लेख गरेका छन्।

‘मैले भारतीय प्रम मोदीलाई नेपाल भ्रमणको लागि पुनः आग्रह गरेँ’, ओलीले लेखेका छन्, ‘सन् २०१९ मा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सफल रहेको निष्कर्ष निकाल्यौं र बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन सन् २०२० सफल रहेनमा हामीले विश्वास व्यक्त गर्‍यौं।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भारतीय प्रधानमन्त्री मोदीले  ओलीको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए। मोदीले स्वास्थ्य राम्रो होस् भनी शुभेच्छा प्रकट गरेका थिए।

दुई देशबीचका समस्याहरु समाधान गर्दै लानेबारे समेत छलफल भएको प्रेस सल्लाहकार थापाले जानकारी दिए। पछिल्लो समय भारतले कालापानीलाई आफ्नो नयाँ नक्शामा राखेपछि नेपाल कुटनीतिक माध्यमले विषय उठाउँदै आएको छ। यस्तो परिप्रेक्ष्यमा ओली र मोदीबीचको टेलिफोन संवाद अर्थपूर्ण मानिएको छ।

प्रकाशित मिति: : 2020-01-02 01:26:45

प्रतिकृया दिनुहोस्