इंग्लिस प्रिमियर लिग: चेल्सीसँग ब्राइटन बराबरीमा रोकियाे

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ।

बुधबार भएको खेलमा चेल्सीले ब्राइटनलाई १–१ गोलको बराबरीमा राेकिएकाे हो। खेलकाे १० औं मिनेटमा नै चेल्सीका लागि सेसर एपिलिक्वेटाले गोल गरे।

तर,खेलको ८४ औं मिनेटमा अलिरेजा जहान्बक्हसले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए ।

 चेल्सी २१ खेलबाट ३८ अंकसहित चौथो स्थानमा छ। २४ अंक जोडेको ब्राइटन लिगको १३ औं स्थानमा रहेको छ।

प्रिमियर लिगमा आज राति अरु ६ खेल हुदैछन्। अहिले केहीबेरपछि लेस्टर सिटी र न्युक्यासल, साउथह्याम्पटन र टोटनह्याम तथा वाटफोर्ड र ओल्भ्स खेल्दैछन । यस्तै राति सवा ११ बजे वेष्टह्याम र बर्नमाउथ, नर्विच सिटी र क्रिस्टल प्यालेस तथा म्यान्चेष्टर सिटी र एभर्टन खेल्नेछन्।

प्रकाशित मिति: : 2020-01-02 09:28:44

प्रतिकृया दिनुहोस्