प्रिमियर लिग: जिससको दुई गोलमा सिटी विजयी

म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनमाथि जित दर्ता गरेको छ।

बुधबार राति भएको खेलमा सिटीले एभर्टनमाथि २–१ को जित दर्ता गरेको हो। सिटीको जितमा ग्याब्रियल जिससले दुवै गोल गरे। एभर्टनका रिचार्डलिसनले एक गोल फर्काए।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा भएको हो।

५१ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसको ७ मिनेटपछि उनले रियाद महरेजको पासलाई सदुपयोग गर्दै दोस्रो गोल गरेका थिए।

पाहुना टोली एभर्टनका रिचारलिसनले ७१ औं मिनेटमा एक गोल फर्काएका थिए।

जितसँगै सिटीले २१ खेलबाट ४४ अंक जोडेको छ। एभर्टन २५ अंक सहित तालिकाको ११ औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-01-02 19:59:13

प्रतिकृया दिनुहोस्