ए डिभिजन लिग: एपीएफ र सरस्वती आज खेल्दै

शहीद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम खेल हुँदैछ।

विभागीय टोली एपीएफ र सरस्वती युथ क्लब आज खेल्दैछन्। तीन चरणको खेल खेल्दासम्म जित विहिन सरस्वतीले कुनै अंक जोड्न सकेको छैन।

उता, एपीएफले एक खेल बराबरीबाट १ अंक मात्र जोडेको छ। दुई खेलमा एपीएफ पराजित भएको थियो।  

३ खेलबाट १ अंक रहेको एपीएफ १२ औँ तथा समान खेल खेलेको सरस्वती १४औं स्थानमा छ।

एपीएफ र सरस्वती युथ क्लबबीचको खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।

प्रकाशित मिति: : 2020-01-02 23:47:55

प्रतिकृया दिनुहोस्