एफ ए कप: म्यान्चेष्टर सिटी चौथो चरणमा प्रवेश

एफ ए कपमा म्यान्चेष्टर सिटी चौथो चरणमा प्रवेश गरेको छ। 

ईतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा सिटीले ईङ्ल्याण्डको चौथो डिभिजनको क्लब पोर्ट भेललाई ४–१ गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा अलेक्सान्डर जिन्चोन्को,सर्जियो अग्युरो,टेलर हारवुड र फिल फोडिनले एक एक गोल गरे। टोम पोपीले पोर्ट भेलका लागि एक गोल फर्काए।

फिल फोडिनले एक गोल गर्दै थप एक गोलको अवसर सिर्जना गरेपछि सिटीले सहज जित निकालेको हो।

खेलको २० औं मिनेटमा जिन्चोन्कोले सिटीलाई अग्रता दिलाएका थिए।

तर ३५ औं मिनेटमा पोपीले गोल गर्दै खेल बराबरीमा ल्याए।

४२ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई पुन अग्रता दिलाए। पहिलो हाफ २–१ गोल अन्तरको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो।

५८ औं मिनेटमा हारवुडले सिटीलाई ३–१ को अग्रता दिलाए।

फोडिनले ७६ औं मिनेटमा गोल गर्दै सिटीलाई फराकिलो जित दिलाए।  
 

प्रकाशित मिति: : 2020-01-05 19:43:28

प्रतिकृया दिनुहोस्