एफए कप: चेल्सीकाे शानदार जित

एफए कप अन्तर्गत तेस्रो चरणको खेलमा चेल्सीले शानदार जित निकालेको छ।

आइतबार चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा नोटिङघम फोरेस्ट २–० गोल अन्तरले पराजित भएको हो।

चेल्सीलाई जित दिलाउन कलुम हड्सन र रोस बार्क्लीले एक एक गोल गरे।

खेलको सातौं मिनेटमा हड्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। यस्तै ३३ औं मिनेटमा बार्क्लीले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए।

जितसँगै चेल्सी चौंथो चरणमा प्रवेश गरेको छ।

प्रकाशित मिति: : 2020-01-06 10:38:53

प्रतिकृया दिनुहोस्