ए डिभिजन लिग: दुई खेल हुँदै, डिस्काे काण्डपछि अन्जन मैदान फर्किदै‌ं

शहीद स्मारक ए डिभिजन लिगमा सोमबार दुई खेल हुदैछ।

लिग अन्तरगत पाँचौं चरणको खेलमा सोमबार दुई खेल हुन लागेको हो। पहिलो खेलमा जावलाखेल युथ क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ।

यस्तै दोस्रो खेलमा उपाधि दाबेदार मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ। लिगकै उत्कृष्ट लयमा रहेको जावलाखेलले पाँचौं चरणमा एनआरटीको सामना गर्दैछ।

लिगमा अपराजित रहेको जावलाखेल र एनआरटीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। खेल अपरान्ह १२ बजे सुरु हुनेछ।

लिगमा जावलाखेल ८ अंक सहित लिग तालिकाको चौथो स्थानमा छ।  लिगको पाचौं खेलमा एनआरटीलाई पराजित गरे जावलाखेल शीर्ष स्थानमा उक्नले छ।

चौंथो चरणसम्म तेस्रो रहेको मछिन्द्रले पाँचौं चरणमा साविक विजेता मनाङ मर्स्याङ्दीको सामना गर्दैछ। खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउसो ३ बजे सुरु हुनेछ। लिग लिडर समत रहेको मनाङलाई पराजित गर्न सके मछिन्द्र शीर्ष स्थानमा उक्लनेछ।

अघिल्लो सिजन मनाङबाट खेलेका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, हेमन्त गुरुङ, दिपक राई, लोनमा आएका देभेन्द्र तामाङ र अभिषेक रिजाल मछिन्द्रबाट खेल्दैछन्। यता, मनाङ आफ्ना मुख्य खेलाडी अन्जन विष्टको पुनरागमनमा सुखद् नतिजा दिने लक्ष्यमा रहेको छ। ‘डिस्को काण्ड’ मा मुछिएका अन्जन एन्फाको ४५ दिनको कारबाही फुकुवासँगै टिममा फर्कन लागेका हुन्।

जारी लिगमा अपराजित रहेको मछिन्द्र ९ अंक जोड्दै तालिको तेस्रो स्थानमा छ।  
 

प्रकाशित मिति: : 2020-01-06 19:56:05

प्रतिकृया दिनुहोस्